Motors
NiC Asia

गृहपृष्ठ उदयपुरमा ‘सभामुखसँग जनप्रतिधि’ कार्यक्रम हुँदै, काे–काे हुँदैछन् सहभागी ?

उदयपुरमा ‘सभामुखसँग जनप्रतिधि’ कार्यक्रम हुँदै, काे–काे हुँदैछन् सहभागी ?

उदयपुरमा ‘सभामुखसँग जनप्रतिनिधि’ कार्यक्रम हुने भएको छ । आगामी मंसिर १८ गते उदयपुर सदरमुकाममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम हुने भएको हो । कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखसमेत सहभागी हुने बताइएकाे छ। 
जिल्ला समन्वय समिति उदयपुरकाे अायाेजनामा हुने एकदिने अन्तरक्रिया कार्यक्रममा उदयपुर जिल्लाका संघीय सांसद, प्रदेश सांसद तथा नगरपालिका/गाउँपालिकाका प्रमुख, उपप्रमुखहरु एवं प्रशासकीय अधिकृतहरू सहभागी हुने उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शुरेशकुमार राई (हिमाल) ले जानकारी दिए ।
सांसद हिमालकै सक्रियतामा हुन लागेको उक्त अन्तरक्रिया कार्यक्रममा समग्र उदयपुर क्षेत्रको विकास र सम्भावनाका विषयमा छलफल हुने बताइएको छ ।
छलफलमा तिनै तहका जनप्रतिनिधि सहित अस्तित्वमा रहेका राजनीतिक दलका जिल्ला प्रमुखहरु समेत सहभागी हुने सांसद राईले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु