Motors
NiC Asia

गृहपृष्ठ उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा १

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा १

संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ ।

नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा मानसिक तनाव त छँदैछ । विश्वकपमा जापानले गोल गरेलगत्तै डा। सरोजप्रसाद ओझाले आफ्ना जापानी साथी डा। युकीलाई फोन गरेर बधाइ दिए । तर, डा। युकीले अनभिज्ञता प्रकट गर्दै भने, ‘ए, हो र मलाई थाहै थिएन ।’ आफ्नै देशले गोल हानेको समेत थाहा नपाएको सुनेर डा। ओझा छक्क परे ।

वरिष्ठ मनोचिकित्सक समेत रहेका डा। ओझा अरु देशका तुलनामा नेपालमा फुटबलप्रेमी बढ्दै गएको बताउँछन् । ‘एक जना अर्जेन्टिनाका नेपाली फ्यानले आत्महत्या प्रयास गरेको सुनेको छु’, डा। ओझाले भने, ‘झापाका एक युवाले अत्यधिक मदिरा सेवन गर्दा बेहोस भएपछि अस्पताल नै भर्ना गर्नुपर्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु