गृहपृष्ठ ‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’

‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरिदिनोस्’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेको क्यानडाका सांसद ब्रेड ट्रोस्टबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री पुन र सांसद ट्रोस्टबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशको सम्वन्ध र लगानीका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध थप मजबुत बन्ने विश्वास व्यक्त गरे । मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गरे ।

उनले नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा क्यानडाले रेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नाका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पु¥याउने विश्वास व्यक्त गरेका उनकोे सचिवालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । भेटमा सांसद ट्रोस्टले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका सम्भावनाबारे मन्त्री पुनसँग छलफल गरेका थियो । निजी क्षेत्रका प्रतिनिधिमण्डललाई लिएर आएका सांसद ट्रोस्टले जलाशययुक्त आयोजना निर्माणबारे समेत चासो राखेका थिए । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेकाले त्यसका लागि ठूलो मात्रामा लगानी जरुरी रहेको मन्त्री पुनले बताए ।

सांसद ट्रोस्ट लगायतलाई मन्त्री पुनले नेपालको ऊर्जा ताथ भौतिक पूर्वाधारको क्षेत्रमा लगानी बढाउने वातावरण बनाइदिन आग्रह गरे । उनले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागि क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रहसमेत गरे । ‘ऊर्जा मन्त्रालयले ५ वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने निकै महत्वकांक्षी लक्ष्य राखेको छ, त्यसका लागि कामसमेत तीव्र रुपमा अघि बढिरहेको छ, हामीले यो लक्ष्य पूरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ,’ मन्त्री पुनले भने । उनले केही समय भित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि ऊर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारीसमेत दिए । मन्त्री पुनले भारतसँग यसअघि नै ऊर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही वर्ष मात्र चीन र बङलादेशसँग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताए । उनले बङलादेशले नेपालबाट ५०० मेगावाट र भारतले एक हजार ५०० मेगावाट बिजुली नेपालबाट किन्ने तयारी गरेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु