Motors
NiC Asia

गृहपृष्ठ धुमधाम मनाईदैछ कर सप्ताह : जिम्बेवारी बोध गरी कर तिर्न आग्रह

धुमधाम मनाईदैछ कर सप्ताह : जिम्बेवारी बोध गरी कर तिर्न आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लक्ष्य भन्दा बढी राजश्व संकलन गर्ने भन्दा करदाताहरु संग आम्दानी अनुसारको कर असुली गर्ने लक्ष्य राखेको बताउनु्् भयो । नेपालको कर प्रणालीमा धेरै सुधारहरु गर्नु पर्ने आवश्यकता औलाउदै मन्त्री खतिवडाले सरकार अबका दिनमा करदाता मैत्री कर प्र्रणाली लागु गर्ने बताउनु भएको छ ।

७ औं राष्ट्रिय कर दिवशको अवसरमा आयोजित कर सप्ताह कार्यक्रममा मन्त्री खतिवडाले उद्योगी व्यवसायी तथा सबै आम नागरिकले आफ्नो जिम्मेवारी बोध गरि सरकारलाई कर तिर्न आग्राह गर्दै सरकारले उठाएको प्रत्येक करको हिसाब करदाताहरु दिने बताउनु भयो ।

डाक्टर युवराज खतिवडा, अर्थमन्त्री यसैगरि करकार्यलयहरुमा करदाता मैत्री वातावरण नभएको गुनासो बढीरहेको बताउदै मन्त्री खतिवडाले कार्यलयका कर्मचारीहरुलाई कारदाताहरुको सहजिकरण गर्न कर निर्देशन दिनुभयो । साथै कर्मचारीहरुले सो अनुसार काम नगरे कानुनी कारर्वाही हुने बताउनु भयो । अबका दिनमा सरकारले संकलित राजश्वबाट निजि क्षेत्र संग सहकार्य गर्दै उद्योग व्यवसायमा लगानी गर्ने धारणा मन्त्री खतिवडाको रहेको छ ।

डाक्टर युवराज खतिवडा, अर्थमन्त्री कर संकलनको प्रकृयामा सर्वाधिक गुनासोहरु बढिरहेको अवस्थामा सरकारले विगतको तुलनामा करप्रणलीमा धेरै सुधारहरु गरेको अर्थ मन्त्रालयले जनाएको छ । केही समयमा नै नेपालमा पनि पुर्ण डिजिटल प्रणालीबाट कर तिर्ने प्रविधि भित्रयाई कर प्रणालीमा सहजिकरण ल्याउने अर्थ मन्त्रालयले बताएको छ ।

अर्थ सचिव, राजश्व सचिव सोही कार्यक्रममा कर दिवशका संयोजक एवम आन्तरीक राजश्व विभागका महा निर्देशक विश्व प्रसाद नेपालले मुलुकले अवलम्वन गरेको कर निति विश्वमा नै मान्य रहेको कर नीति लागु गरिएको साथै सरकारले ५ बर्ष कररणनीति लागु गरिएको बताएका छन् ।

उक्त कार्यक्रममा सरकारले राजश्व बडाउदै गएकोले सो रकम विकास निर्माणमा खर्च गर्नु पर्ने जोड निजि क्षेत्रको रहेको छ । साथै विगतमा सरकार र निजि क्षेत्र बीच हुने दोसाणरोपण अन्त्य भैसकेको र निजि क्षेत्रले सरकारको करको दायरा बिस्तारमा सहयोगी रहने पनि निजि क्षेत्रले बताउदै आएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय कर दिवशको उपल्क्षयमा विभिन्न उद्यमी, व्यवसायी, बैकस् एवम् उकृष्ट करदातालाई सम्मान गरिएको थियो । सरकारले मुलुकमा मुल्य अभिवृद्धि कर भ्याट लागु भएको मंसिर १ गते विगत ७ बर्ष देखी नै राष्ट्रिय कर दिवश मनाउदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु