Motors
NiC Asia

गृहपृष्ठ चिनी मूल्य विवाद : अख्तियारलाई थप छानबिनको जिम्मा दिइने

चिनी मूल्य विवाद : अख्तियारलाई थप छानबिनको जिम्मा दिइने

संसदको सार्वजनिक लेखा समिति र सरकारबीच लामो समय विवाद भएको चिनीको मूल्यबारे अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनको जिम्मा दिइने भएको छ।

लेखा समितिले गठन गरेको छानबिन उपसमितिले मूल्य निर्धारणमा चलखेल भएको निष्कर्ष निकालेकाले त्यस्तो निर्णय गरिएको लेखा समितिका सभापतिले बताए।

सरकारले प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको चिनीको बजार मूल्य ६३ रुपैयाँ बनाउन समितिले पटक(पटक निर्देशन दिएको थियो।

दशैंको मुखमा सरकारले भारतबाट आयात हुने चिनीको कोटा निर्धारण गरेर चिनीको बजार मूल्य निर्धारण गरेदेखि नै सार्वजनिक लेखा समिति र सरकारका बीच मूल्य निर्धारणलाई लिएर विवाद शुरु भएको थियो।

समिति भित्रैकै कतिपय सदस्यले चिनीको कोटा र मूल्य निर्धारण गर्दा आर्थिक चलखेल भएको भन्दै छानबिनको माग गरेका थिए।

अनुसन्धानको जिम्मा पाएको उपसमितिको सुझावअनुसार अख्तियारलाई थप छानबिनको जिम्मा दिने निर्णय गरिएको समितिका सभापति भरतकुमार शाहले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु