Motors
NiC Asia

गृहपृष्ठ नेपाल र बंगलादेशबीचको संयुक्त प्राविधिक टोली गठन गर्ने निर्णय

नेपाल र बंगलादेशबीचको संयुक्त प्राविधिक टोली गठन गर्ने निर्णय

नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक मंगलबार सम्पन्न भएको छ । सोमबारदेखि राजधानीमा शुरु भएको बैठक मंगलबार सम्पन्न भएको हो । नेपालको विद्युत् बंगलादेशको बजारमा लैजाने लक्ष्यका साथ बैठकको आयोजना गरिएको थियो ।

नेपाल–बंगलादेश उर्जा संयन्त्रको अन्तर्गतको सचिवस्तरीय ‘जोइन्ट स्टेरिङ कमिटी’को बैठकले दुई देशबीच प्रशारणलाइन निर्माण गर्न संयुक्त प्राविधिक टोली गठन (प्रशारण) गर्ने निर्णय गरेको छ ।

सोमबार र मंगलबार भएको बैठकले नेपाल र बंगलादेशबीच भएको सम्झौता विद्युत् उत्पादन र प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने पनि सहमति भएको बताइएको छ । समितिमा दुवै देशका तीन–तीन जना प्राविधिक रहने छन् ।

समितिको सदस्यहरुको नाम एक महिनाभित्रै दुवै देशले उपलब्ध गराउने समेत निर्णय भएको छ । संयुक्त बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र बंगलादेशका तर्फबाट त्यहाँका ऊर्जा सचिव डा. अहमद काइकाउसले गरेका थिए। बैठकमा सहभागी हुन बंगलादेशबाट १३ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको थियो ।

भारत अहिलेसम्म यो विषयमा मौन रहेको अवस्थामा दुवै देशका विषयगत मन्त्रालयहरूले यस्तो सहमति गरेका हुन् । ‘दुवै देशबीच रहेका संयुक्त समितिका आगामी बैठकहरुमा अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्थाका लागि आ–आफ्नो तर्फबाट यो विषयको उठान गर्ने हमति भएको छ’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल–भारत र भारत–बंगलादेशबीच द्वीपक्षीय ऊर्जा व्यापार सम्झौता छ । दुवै देशका संयुक्त समितिहरु क्रियाशील छन् । नेपाल बंगलादेशबीच सीमा नजोडिएका कारण विद्युत् आदान प्रदानका लागि भारतको भूमि प्रयोग गर्नुपर्ने हुन्छ ।

बैठकमा भारत र बंगलादेशबीच रहेको यस्तै प्रकारको संयुक्त समितिको आगामी बैठकहरुमा अन्तरदेशीय प्रशारणलाइन सम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न दुवै देशले प्राथमिकताका साथ भारतसँग विषय उठान गर्ने सहमति भएको छ ।

यसैगरीे माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट बंगलादेशले आयात गर्ने विद्युत तथा दुई देशबीचमा नविकरणीय उर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णयलाई अनुमोदन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु