Motors
NiC Asia

गृहपृष्ठ बैंक खाताबाट सिधै भुक्तानी प्रणाली शुरु

बैंक खाताबाट सिधै भुक्तानी प्रणाली शुरु

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-payment प्रणालीबाट बैंक वित्तीय संस्थाका ग्राहकहरुले online माध्यम मार्पmत आफ्नो बैंक खाताबाट सिधै कुनै पनि प्रकारको भुक्तानी कारोबारहरु गर्न सक्ने प्रणाली कार्यान्वयन शुरु भएको छ ।

हाल connectIPS मा एनएमबी बैंक लि, लक्ष्मी बैंक लि, नेपाल बंगलादेश बैंक लि, एभरेष्ट बैंक लि, नेपाल बैंक लि, एन.आई.सी. एशिया बैंक लि, मुक्तिनाथ विकास बैंक लि, ग्लोबल आईएमई बैंक लि, सांग्रिला डेभलपमेन्ट बैंक लि र गरिमा विकास बैंक लि लगायतका १० वटा बैंकहरु आवद्ध भइसकेका छन् । अन्य १० बैंक वित्तीय संस्थाहरुसँग सम्झौता भइसकेकोमा परिक्षणको क्रममा रहेका छन् ।

उक्त प्रणाली प्रयोग गर्न www.connectips.com मा आफुलाई आवद्ध register) गरी (username) बनाउने र link गरिएको बैंक खातालाई सम्बन्धित बैंकमा एकपटक गई verify गराउनुपर्ने हुन्छ । तत् पश्चात् यस प्रणालीबाट गरिएका कारोबारहरु ग्राहकको बैंक खाताबाट सिधै भुक्तानी हुने कम्पनीले दावी गरेको छ ।

यस प्रणालीलाई राजश्व लगायतका अन्य सेवाहरु जस्तै e-commerce फण्ड ट्रान्सफर, बिल भुक्तानीहरु र विभिन्न माध्यमहरुबाट समेत गर्न सकिने गरि प्रणालीमा थप कार्य भइरहेको कम्पनीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु