Motors
NiC Asia

गृहपृष्ठ बढ्दैछ हुण्डी कारोबार, फेरी समातिए सात जना

बढ्दैछ हुण्डी कारोबार, फेरी समातिए सात जना

काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्वे छली गर्ने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट कारोवारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ थापाथलिका २९ बर्षीय राहुल राय अग्रवाल, सिन्धुपाल्चोक बलेपी–८ घर भई हाल स्युचाटार काठमाडौं बस्ने ३१ बर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ५२ बर्षीय शिव कुमार साङतानी, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी काठमाडौं बस्ने ४६ बर्षीय अरुण सावरथिया, भारत दिल्ली घर भई ज्ञानेश्व र काठमाडौं बस्ने ३८ वर्षीय रविन्द्र चोखानी र ४७ वर्षीय राज कुमार सिघान्ची तथा भारत राजस्थान घर भएका ५२ वर्षीय जगदिश राना सरिया रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५१ लाख ४ हजार ५ सय रुपैयाँ, ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे रुपैयाँको बैंक चेक, मोबाईल, ल्याप्टप तथा ह्वाट्स एप तथा उइ च्याटमा गरिएको हुण्डीको कारोवार बिवरण र हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु