गृहपृष्ठ उदयपुरमा भ्रष्टाचार मौलाउदै, नगरपालिकाका कर्मचारीले यसरी लिन्छन् घुस

उदयपुरमा भ्रष्टाचार मौलाउदै, नगरपालिकाका कर्मचारीले यसरी लिन्छन् घुस

पछिल्लो समय उदयपुरका विभिन्न स्थानीय तहहरुमा भ्रष्टाचार मौलाउदै गएको बताउन थालिएको छ । स्थानीय तहमा खटिएका कर्मचारी तथा जनप्रतिनिधिहरु समेतको मिलेमतोमा उदयपुरमा भ्रष्टाचार बढ्दै गएको स्थानीयको दावी छ । यसको पछिल्लो उदाहरण कटारी नगरपालिका बनेको छ ।

उपभोक्ता समितिहरु बाट मनोमानि रुपमा कटारी नगरका सब ईन्जिनियरले पैसा असुल गर्ने गरेको उपभोक्ता समतिका अध्यक्षले बताएका छन् । कटारी नगरपालिका वडा नं. १० सोरुङ्गछब्बिसेको एक उपभोक्त समितिका अध्यक्ष मान बहादुर खत्रिको साथ बाट २० हजार रुपैयाँ असुल गरेको तथ्य बाहिरिए पछि उदयपुरमा भ्रष्टाचार बढ्दै गरिएको अझ छर्लङ्ग भएको छ । जनसहभागिता बाहेक ५ लाख बजेट भएको सोरुङ्गछब्बिसे हर्रा भञ्ज्याङ भालुखोला जोर्तिघाट सडक निमार्ण उपभोक्ता समितिका अध्यक्ष मानहादुर खत्रिले सब ईन्जिनियर ओम मिश्रले घुस लिएको बताएका छन् ।

बैशाष १६ गते सो आयोजनाको पहिलो किस्ता वापत २ लाख २४ हजार निकासी प्राप्त पछि कटारीको एक होटलमा खाजा खाने क्रममा सब ईन्जिनियरले भुक्तानि भए वापत ४५ हजार माग गरेको अध्यक्ष खत्रीले बताएका छन् । शुरुमा दिन नमानेपनि पछि विवश भएर २० हजार रुपैयाँ दिएको उनले स्वीकार गरेका छन् । यो त उदयपुरको एक उदाहरण मात्रै हो । यस्ता घटनाहरु उदयपुरमा विकाराल बन्दै गएको स्थानीयको दावी छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु