गृहपृष्ठ कात्तिक १ गते विरगञ्ज तताउदै कलाकार

कात्तिक १ गते विरगञ्ज तताउदै कलाकार

आगामी कात्तिक १ गते विरगञ्जमा नेपाली भोजपुरी स्टार नाइट आयोजना हुने भएको छ । हेडिपी नेपाल नामक सामाजिक संस्थाको आयोजनामा विरगञ्जमा भोजपुरी नेपाली स्टार नाइट नामक विशाल सास्कृति कार्यक्रम आयोजना हुने भएको हो ।

विजयादशमीको अघिल्लो दिन आयोजना हुने उक्त सास्कृतिक कार्यक्रममा भोजपुरी सुपरस्टार खेसारीलाल यादव, काजल रगवानी, अम्रपाली दुबे साथै नेपाली स्टार इन्दिरा जोशी, सन्दिप क्षेत्र (मिठाईलाल) लगायतका कलाकारहरुले माहोल तताउने बताइएको छ ।

आदर्शनगर रंगशाला वीरगञ्जमा हुने कार्यक्रम आगामी बिहीबार ३ बजेदेखि शुरु हुने छ । कार्यक्रमको तयारी तीब्र पारिएको आयोजक संस्थाका योगेन्द्र गुप्ताले जनाए ।

गुप्ताले दिएको जानकारी अनुसार टिकट ६ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म तोकिएको छ ।

सिल्भर टिकट ६ सय रुपैयाँ, गोल्ड टिकट १ हजार रुपैयाँ, डाइमण्ड टिकट १ हजार ५ सय रुपैयाँ र भीआई टिकटको २ हजार ५ सय रुपैयाँ गरी टिकटलाई चार भागमा विभाग गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु