Motors
NiC Asia

गृहपृष्ठ ट्राकटर दुर्घटना पछि उदयपुरका ट्राफिक प्रमुखको सरुवा

ट्राकटर दुर्घटना पछि उदयपुरका ट्राफिक प्रमुखको सरुवा

जिल्लाको बेलका–८, मा यात्रु बोकेर हिडेको ट्रयाक्टर दुर्घटनामा तीनजनाको ज्यान मृत्यु र ३४ घाइते भएपछि उदयपुरका ट्राफिक प्रमुख र रामपुरका ट्राफिक हवल्दार क्षेत्र तानिएका छन ।

ट्राफिक प्रहरीले नियमन नगर्दा दुर्घटना भएको भनि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले उदयपुरद्धारा ट्राफिक प्रहरी प्रमुख अमृत बहादुर कार्की र रामपुरका ट्राफिक हवल्दार विरेन्द्र महत्तो कार्वाही स्वरुप क्षेत्र तानिएका हुन ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक अमृत बहादुर कार्कीको स्थानमा प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट दिनेश कुमार चौधरीलाई उदयपुर प्रहरी प्रमुख र सुनसरी चक्रघट्टीमा कार्यरत हल्वदार उमेश चौधरीलाई रामपुर खटाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्याक्टर दुर्घटना भएर ठूलो मानविय क्षती भएपछि सोमबारदेखि प्रहरीले उदयपुरमा ट्रयाक्टरमा मान्छे बोक्न प्रतिबन्ध लगाएको छ ।

सोमबार बिहान प्रहरीले उदयपुरको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मान्छे बोकेर हिँडेको १५ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । यसैगरी जिल्लाको त्रियुगा नगरपालिका– २, भुल्केबाट तीन वटा ट्रयाक्टर, देउरी र बगाहा मोतिगडा क्षेत्रबाट सात, लालपत्ताबाट दुई वटा ट्रयाक्टर, पूर्वी क्षेत्रको बेल्टार बसाहा क्षेत्रबाट एक वटा पिकनिकका लागि मान्छे चढाएर सञ्चालन गरेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेशबाट जिल्लाको सवै क्षेत्रमा ट्रयाक्टरबाट मान्छे बोक्न नदिनु भन्ने आदेश आएपछि ट्याक्टरलाई कडाई गरिएको हो । कृषी प्रयोजनको लागि दर्ता ट्याक्टरलाई निर्माणसामाग्री ओसार पसार र यात्रु ओसार पसार गर्ने गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु