Motors
NiC Asia

गृहपृष्ठ ललित राईको अध्यक्षतामा महासंघको नगर समिति

ललित राईको अध्यक्षतामा महासंघको नगर समिति

नेपाल आदिवासि जनजाति महासंघ बेलका नगर समन्वय परिषद प्रदेश नं., १ को प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ललित राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेको छ ।

अध्यक्ष ललित राईसहित उपाध्यक्ष खड्ग पाख्रिन, सचिवमा बुद्ध भुजेल, सहसचिवमा सुकदेव चौधरी, कोषाध्यक्षमा मनिसा थामी सर्वसम्मतले चयन भएका हुन् ।

यसैगरी सदस्यहरुमा जय बहादुर लिम्बू, नारायण श्रेष्ठ, देवकुमार मगर, उर्मिला माझी निर्वाचित भएका छन् । केही सदस्य भुगोल तथा जाति समुदाय समेटेर मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष राईले बताए ।

अधिवेशन महासंघको प्रदेश १ अध्यक्ष ध्रुब लिम्बूको प्रमुख आतिथ्यतामा एवं बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु