गृहपृष्ठ ओरालो लागेको बजारमा आईपीओकै हाराहारीमा बैंकको शेयर आउन थाल्यो

ओरालो लागेको बजारमा आईपीओकै हाराहारीमा बैंकको शेयर आउन थाल्यो

केही दिनदेखि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० घटिरहेको छ । नेप्से घटेर घटेर १ हजार १ सय ९४ दशमलव ८० को बिन्दूमा पुगेको स्थितिमा नेप्सेमा सूचीकृत कम्पनीहरुको शेयर मूल्यमा पनि ठूलो परिमाणमा गिरावट आएको छ ।

घटिरहेको बजारमा एक दर्जनभन्दा बढी ठूला कम्पनीको शेयर मूल्य अत्यान्तै न्यून देखिएको छ ।विगत ६र७ महिनाको अवधिमा आधाभन्दा बढी मूल्यमा वाणिज्य बैंकहरूको शेयर मूल्यम गिरावट आएको छ । शेयर मूलयमा आएको गिरावटकै कारण पछिल्लो दुई महिनाको अवधिमा लगाीकर्ताले ३ खर्ब रुपैयाँको हाराहारीमा पुँजी गुमाएका छन् ।

नयाँ वर्षको शुरुवात हुँदै गर्दा नेप्सेको समग्र पुँजीकरण करिब १७ खर्बको हाराहारीमा रहेको थियो । तर, अहिले १४ खर्ब भन्दा थोरै बढीमा रहेको छ । यस अवधिमा २४३ अंकभन्दा बढीले नेप्से परिसूचकमा गिरावट आएको नेपाल स्टक एक्सचेन्जको तथ्यांक छ ।

यसैसन्दर्भमा लगानीकर्ताले सुरक्षित महशुस गर्ने वाणिज्य बैंकहरूको शेयर मूल्य पनि निक्कै तल झरेको छ । २८ वटा बैंकमध्ये नेपाल स्टक एक्सचेञ्जमा २७ वटा मात्रै सूचीकृत भएका छन् । नेप्सेमा सूचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक मात्रै रहेको छ ।

मंगलबार बजार मूल्यको आधारमा २ सय रुपैयाँभन्दा कम शेयर मूल्य रहेका ५ वटा कम्पनी रहेका छन् । जसमध्ये सिभिल बैंकको १५० रुपैयाँ, जनता बैंकको १५१ रुपैयाँ, सेञ्चुरी बैंकको १६३ रुपैयाँ, मेगा बैंकको १७३ रुपैयाँ र प्रभु बैंकको १८५ रुपैयाँ रहेको छ ।

धितोपत्रको दोस्रो बजारमा पनि यी कम्पनीको शेयर मूल्य आईपीओकै हाराहारीमा पुग्न लागेको छ ।
अन्य कम्पनीको शेयर मूल्य भने २ सय भन्दाबढी रहेको छ । सबैभन्दा बढी नबिल बैंकको बजार मूल्य ९२८ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु