गृहपृष्ठ शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ३ दशमलव ६२ अंकले बढेर १ हजार १ सय ९४ दशमलव ८२ को बिन्दुमा कारोबार बन्द भएको छ । आज बजार खुलेदेखि सुस्त रुपमा बढेको नेप्से १ बजेपछि भने ओरालो लागेर बन्द भएको छ ।त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ५९ अंकले बढेर २ सय ५१ दशमलव ५५ अंकमा पुगेर बन्द भएको छ ।

आज १ सय ५३ कम्पनीहरुका ७ लाख ८१ हजार ४८४ कित्ताको शेयर खरिदबिक्री भई १८ करोड ४९ लाख ९ हजार २७० रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार जलविद्युत लगानीकोष तथा विकास बैंकको भएको छ । जसको आज १ करोड २६ लाख ३४ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउनेमा नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्य ७ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा ९ दशमलव ६७ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा उपपरिसूचकहरुमा ५ वटा समुहहरु घटेको छ भने ५ वटा समूहहरु बढेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु