गृहपृष्ठ एलआईसी वितरण गर्ने लाभांश पुन संसोधन

एलआईसी वितरण गर्ने लाभांश पुन संसोधन

लाभांशलाई पुन संसोधन

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले प्रस्ताव गरेको लाभांशलाई पुन संसोधन गरेको छ । यसअघि ३६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको एलआईसीले बीमा समितिको निर्देशन अनुसार तीन गुणा कम १२ प्रतिशत बोनस शेयर वितरण गर्नेगरि लाभांश संसोधन गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लागू हुने कम्पनीले जनाएको छ । बीमक कम्पनीको कार्तिक १७ गते सम्पन्न सञ्चालक समिति बैठकले पहिला घोषणा गरको लाभांशलाई परिमार्जन गर्दै आर्थिक बर्ष २०७३÷७४ को नाफाबाट १२ प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीको गत साउन २४ गते सम्पन्न सञ्चालक समितिको ९४ औं बैठकले आर्थिक बर्ष २०७३÷७४ को नाफाबाट ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियोे ।

हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ । १२ प्रतिशत बोनसपछि कम्पनीको पूँजी एक अर्ब ४९ करोड ४७ लाख नाघ्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु