गृहपृष्ठ आईतबार सेयर बजार १३ अंकले घट्यो

आईतबार सेयर बजार १३ अंकले घट्यो

दोहोरो अंकको गिरावट

पछिल्लो समय क्रमश घटिरहेको सेयर बजारमा आज पनि दोहोरो अंकले गिरावट आएको छ । बजार १३.७० अंकले घटेर १२०७.२८ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका मध्ये अन्य बाहेक अरु सबै समूहको परिसूचक ओरालो लागेको छ । अन्य समूहको परिसूचक ४.२३ अंकले बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ८७.५२ अंकले घटेको छ । त्यस्तै नीर्जिवन बीमा समूहको परिसूचक ६५.३०, बैंकिङ १७.१९, उत्पादन तथा प्रशोधन १५.२३ र हाइड्रोपावर समूहको परिसूचक १०.१८ अंकले घटेको छ ।

बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । १ सय ५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा माच्छापुच्छ्रे बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको । समता माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु