Motors
NiC Asia

गृहपृष्ठ शेयर बजारको ३ महिनाः वार्षिक विन्दुगत आधारमा २०.४ प्रतिशतले ह्रास

शेयर बजारको ३ महिनाः वार्षिक विन्दुगत आधारमा २०.४ प्रतिशतले ह्रास

नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २०.४ प्रतिशतले ह्रास भई २०७५ असोज मसान्तमा १२४१.६ विन्दुमा सीमित भएको छ । २०७४ असोज मसान्तमा उक्त सूचकाङ्क १३.६ प्रतिशतले ह्रास भई १५५९.२ विन्दु कायम भएको थियो ।

२०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ विन्दु कायम भएको थियो । धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १८.२ प्रतिशतले ह्रास भई २०७५ असोज मसान्तमा रु.१४८१ अर्ब २२ करोड कायम भएको छ ।

बजार पुँजीकरण २०७४ असोज मसान्तमा ९.४ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पुँजीकरणको आर्थिक वर्ष २०७४÷७५ को कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४९.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६८.५ प्रतिशत रहेको थियो ।

बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.९ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.३ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.७ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.४ प्रतिशत रहेको छ ।

२०७५ असोजमा कुल शेयर कारोबार रकम २०७४ असोजको तुलनामा ४५.२ प्रतिशतले ह्रास भई रु.२२ अर्ब ९२ करोड कायम भएको छ ।

यस्तो कारोबार रकम २०७४ असोजमा ४४.१ प्रतिशतले ह्रास भई रु.४१ अर्ब ८५ करोड रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ असोज मसान्तमा १९८ रहेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २१ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २०.९ प्रतिशतले वृद्धि भई २०७५ असोज मसान्तमा रु.३६० अर्ब ९९ करोड पुगेको छ ।

समीक्षा अवधिमा रु.३ अर्ब ५ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु.५ अर्ब १६ करोड बराबरको बोनस शेयर गरी कुल रु.११ अर्ब ३२ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु