गृहपृष्ठ ठेकेदारको चरम लापरबाहीः काम सकिन नपाउँदै उक्कियो राजमार्गको ढलान

ठेकेदारको चरम लापरबाहीः काम सकिन नपाउँदै उक्कियो राजमार्गको ढलान

सिद्धिचरण राजमार्गमा गरिएको पक्की ढलान काम सकिन नपाउदै उक्किएको छ । राजमार्ग अन्तर्गत कटारी नगरपालिकाको ठाटी भन्ने ठाउँमा गरिएको पक्की ढलान काम सकिन नपाउँदै उक्किएको हो ।

भिरालो सडक भएका कारण कालोपत्रे गर्दा पानी बगाउने र चाडै सडक विग्रन सक्ने भन्दै पक्की ढलान गरिएको थियो । वैशाख महिनामा गरिएको पक्की ढलान असार महिनादेखिनै उक्किन थाले पछि स्थानीयहरु आक्रोशित भएका छन् ।

सडक निर्माणको जिम्मा पाएको ठेकेदारका लापरबाहीका कारण सडक निर्माण कार्य सकिन नपाउँदै भत्किएको स्थानीय सुवास खनालले बताए । कमसल सामाग्रीहरु तथा सिमेन्ट अत्यन्तै कम प्रयोग गरिका कारण ढलान उक्किन थालेको स्थानीय खनालको भनाई छ ।

उक्त राजमार्ग सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी, ओखलढुंगा हुँदै खोटाङसम्म पुग्छ । वर्षातको समयमा आउने पहिरोका कारण यस राजमार्गमा वर्षेनी सडक भत्किने समस्या देखा पर्ने गरेको छ । ठेकेदारकाे लापरबाहीले यस्ताे काम हुँदा त्यस मार्ग भई आवात जावत गर्ने सर्वसाधारणलाई झन सास्ती हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु