गृहपृष्ठ गुणस्तरीय शिक्षाका लागि सर्वोकृष्ट गन्तव्य ‘नोभेल एकेडेमी’

गुणस्तरीय शिक्षाका लागि सर्वोकृष्ट गन्तव्य ‘नोभेल एकेडेमी’

सन् २००२ मा पोखराको न्युरोडमा नोभेल एकेडेमीको स्थापना भएको हो । गुणस्तरीय शिक्षा अध्ययनका लागि राजधानी काठमाडौं तथा विदेश सम्म पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले पोखरामा नोभेल एकेडेमी स्थापना भएको थियो ।

गण्डकी प्रदेशको उत्कृष्ट कलेज मात्र होइन नेपालकै अग्रणी कलेजको पहिचान बनाउन सफल बनेको छ नोभेल । अन्तर्राष्ट्रिय शिक्षा अन्तर्गत क्याम्ब्रिज विश्वविद्यालयको ओ र ए लेभलबाट पढाई शुरुवात गरेर एकेडेमीले शैक्षिक यात्रा प्रारम्भ गरेको थियो ।

तत्पश्चात विभिन्न आरोह अबरोह पार गर्दै शैक्षिक सफलताका सिढीहरु चढ्दै गरेको नोभेलमा हाल ए–लेभल, बिएस्सी नर्सिङ, बि फार्मेसी, बिबिए र एमबिएको पढाई सञ्चालन भइरहेको कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्य बताउछन ।

प्राविधिक शिक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार कलेजमा छन् । सुविधा सम्पन्न अत्याधुनिक भवनमा अध्ययन अध्यापन गराइन्छ । एकेडेमी भित्र साइन्स तथा कम्प्युटर ल्याब, लाइब्रेरी, इलाइब्रेरी र खेल मैदान समेतका पुर्वाधार रहेका छन् ।

शैक्षिक कार्यक्रम
कलेजले पूर्वाञ्चल विश्वद्यिालयको सम्बन्धनमा प्रत्येक वर्ष स्नातकतर्फ बिएस्सी नर्सिङमा २०, बिफार्मेसीका ३०, बिबिएमा ४० सँगै स्नातकोत्तरतर्फ एमबिएमा ३० सीटमा भर्ना लिने गरेको छ ।

पोखरा मात्र नभएर छिमेकी जिल्लाका विद्यार्थीहरु समेतको कलेजप्रति आकर्षण बढेको छ । यी कोर्षहरुमा चार वर्षे बिएस्सी नर्सिङको पढाई पश्चात् स्वदेशमै अवसर मिल्नुका साथै युरोप, अमेरिका तथा बेलायत जान चाहनेका लागि पनि निकै फलदायी छ ।

सन् २०२० सम्ममा अमेरिकामा १२ लाख नर्सको माग रहेको परिप्रेक्षयमा यहाँ पढेकाहरुलाई सहज हुनेछ । नेपालकै प्रतिष्ठित मेडिकल कलेज तथा अस्पतालहरुमा आधारभूत तथा विषयगत प्रयोगात्मक अभ्यास गर्ने भएकाले पनि विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यबहारमा उतारी दक्ष बन्ने अवसर पाएका छन् ।

चिकित्सा क्षेत्रको अर्को महत्वपूर्ण पढाई बि फार्मेसीमा पनि यसको स्कोपको हिसाबले वर्षेनी विद्यार्थीहरुको आकर्षण बढीरहेको कलेजका प्रबन्ध निर्देशक सीता लामिछाने बताउछिन ।

कलेजमा बिबिए तथा एमबिए पढेका विद्यार्थीले स्वदेश तथा विदेशका उद्योग व्यापार लगायत बैंकिङ क्षेत्रमा पनि रोजगारी पाइरहेकाले यो शिक्षामा कलेज निकै सफल छ भन्न सकिन्छ ।

विद्यार्थीहरु व्यवहारिक अभ्यासका लागि प्रख्यात उद्योग, बैंक तथा व्यापारिक प्रतिष्ठानमा जान्छन् र त्यसैमा कुशलतापूर्वक काम गरी रोजगारी समेत पाइरहेका छन् ।

सफलताको पछाडिको कारण भनेको २१औं शताब्दीको मागअनुरुप शिक्षण विधिलाई समयानुकुल परिवर्तन गरिनु पनि हो । कलेजको धेरै व्यापारिक प्रतिष्ठान तथा बैकहरुसँग प्रत्यक्ष सम्बन्ध रहेका कारण पनि योग्य विद्यार्थीले रोजगारी पाएका हुन् ।

कलेजको भाबी योजना
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आधुनिक र समयानुकुल शिक्षा दिएर विद्यार्थीहरुलाई सफल व्यक्ति बनाउने नोभेलको यात्रा पब्लिक प्राइभेट मोडालिटिमा विश्वविद्यालतर्फ उन्मुख छ ।

स्वदेशी मात्रै नभई विदेशी विद्यार्थीको समेत अध्ययनकेन्द्र बनाउने योजना नोभेल एकेडेमीले लिएको छ । एकेडेमीले हालसम्म करिब ३ हजार ५ विद्यार्थी उत्पादन गर्न सफल छ । अबको केही समय भित्र एक सय बेड क्षमताको सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारीमा समेत लागेको छ एकेडेमी ।

प्रत्येक संकायमा गरिब, जेहेन्दार लगायत विभिन्न छात्रवृत्तिको व्यवस्था गरी एकेडेमीले संस्थागत उत्तरदायित्व बहन पनि गरिरहेको बताइएको छ ।

रणनीतिक साझेदारी
शिक्षाको गुणस्तर बढाउन तथा विश्वभर प्रतिस्पर्धी शिक्षा प्रदान गर्न कलेजले रणनीतिक साझेदारीको अवधारणा अगाडि बढाइरहेको छ ।

हालसम्म आफ्नो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अमेरिका, बेलायत, फिनल्याण्ड, जर्मनी, अष्ट्रेलिया, सिगांपुर, मलेशिया, थाइल्याण्डका विश्व प्रसिद्ध विश्व विद्यालय एवं मल्टिनेशनल कम्पनीसँग रणनीतिक साझेदारी गर्दै आएको कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्य बताउछन् ।

नोभेल एकेडेमी र युनुसबीच सम्झौता
पोखराको नोभेल एकेडेमीले नेपालमा उद्यमशीलताको विकास गर्नका लागि युनुस सोसियल बिजनेस सेन्टर बंगलादेशसंग सहकार्य गर्न सम्झौता गरेको छ ।

उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान गरी समग्र बंगलादेशलाई नै आर्थिक क्रान्ति गराएबापत सन २००६ मानोबेल पुरस्कार प्राप्त गर्न सफल माइक्रो फाइन्नासका जन्मदाता प्रो।मोहम्मद युनुसको संरक्षकत्वमा स्थापित युनुस सोसियल बिजनेस सेन्टर र नोभेल एकेडेमी पोखराकाबीच सम्झौता भएको हो ।

सम्झौतापछि नोभेल एकेडेमीले युनुस सेन्टरको सहकार्यमा पोखरामा नोभेल युनुस सोसियल विजनेश सेन्टरको स्थापना गरेको छ । यसको मुख्य उद्देश्य उद्यमशीलताको विकास गर्नका लागि कार्यशाला गोष्ठी गर्ने, सृजनात्मक विजनेश मोडेल तयार पार्ने हुनेछ । एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई उद्यमशीलताको विकासका लागि आवश्यक पर्ने रिसर्च ल्याबसमेत तयार भइसकेको छ ।

विद्यमान नेपालको गरीबी उन्मुलन गर्न रोजगारी सृजना गर्ने खालका उद्यमको विकास गरी नेपालको जिडिपीलाई उच्च बनाउने र विद्यार्थीलाई रोजगार गर्ने मात्र होइन रोजगारी दिन सक्ने उद्यमशीलताको विकास गर्ने प्रमुख उद्देश्य छ । विद्यार्थीले तयार पारेका नविनतम विजनेस मोडललाई लगानी गर्ने उद्यमीहरुको खोजी गरी आवश्यक लगानीको अवसर श्रृजना गराउने लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु