Motors
NiC Asia

गृहपृष्ठ झापा क्वाटरफाइनलमा

झापा क्वाटरफाइनलमा

झापा–११ फुटबल क्लब राजधानीमा जारी तेस्रो ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको समूह ‘सी’ को खेलमा सिएमजी क्लब संकटालाई ३–२ ले पराजित गर्दै झापा प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो ।

झापाका लागि डोजोनाग लिङ्देन, श्याम मुम्मु र रोमन भुजेलले गोल गरे । संकटाका लागि धिरज गुरुङ र उज्वल बस्नेतले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा ४४ औं मिनेटमा डोजोनाग लिङ्देनको गोलबाट झापाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५५ औं मिनेटमा संकटाका धिरज गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको ४ मिनेटपछि नै याम मुम्मुको गोलबाट झापाले २–१ को अग्रता बनायो । ६४ औं मिनेटमा संकटाका उज्वल बस्नेतले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ७५ औं मिनेटमा रोमन भुजेलले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।

बुधबारै भएको अर्को खेलमा च्यासल युथ क्लबले नेपाल एपिएफ क्लबमाथि २–१ को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता ग¥यो । २६ औं मिनेटमा सन्नी व्यन्जनकारको गोलबाट च्यासलले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा श्रेव लो तामाङले गोल गरेपछि च्यासलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल पस्किएको एपिएफले इन्जुरी समयमा एक गोल गरेपनि त्यो जितको लागि पर्याप्त भएन । इन्जुरी समयमा एपिएफका विशवास थापामगरले एक गोल गरे ।

च्यासल आफ्नो पहिलो खेलमा झापा–११ सँग पराजित भएको थियो । एपिएफको यो लगातार दोस्रो हार हो ।
जितपछि झापा दुई खेलबाट ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा पुगन सफल भएको छ । संकटा र च्यासलको समान ३ अंक छ । एपिएफ अंकविहीन हुदै पुछारमा छ । प्रतियोगिता अन्र्तगत बिहिबार समूह ‘बी’ का दुई खेल हुदैछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइजले दिउसो १ः३० बजे प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा दिउसो ४ बजे जाउला खेल र मोरङबीच खेल हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु