Motors
NiC Asia

गृहपृष्ठ विश्वकप उपाधी आयोजक इङ्ल्याण्डलाइ

विश्वकप उपाधी आयोजक इङ्ल्याण्डलाइ

इङ्याल्ड द्वारा विश्वकप माथी कब्जा

विश्वकप उपाधी साथ इङ्याण्डका खेलाडिहरु

विश्वकप कृकेटको छ।हिजो भएको निकै रोमाञ्चक फाइनल खेलमा न्युजिल्यान्डलाइ हराउँदै इङ्याण्डले उपाधिमाथी कब्जा जमाएको हो। निकै रोमाञ्चक खेलमा पहिलो ब्याटिङ गर्दै न्युजिल्यान्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 241 रनको लक्ष्य प्रस्तुत गरेको थियो।उसका लागि ओपनर हेनरी निकोल्सले 55 टम लाथमले 47 तथा कप्तान केन विलिएम्सनले 30 रनको योगदान गरेका थिए।निकै कसिलो बलिङ गरेको इङ्याण्डका लागि कृस वोक्सले 9 ओभरमा 37 रन खर्चेर 3 विकेट लिए भने लियाम प्लंकटले 3 तथा मार्क वुड र जोआफ्रा आर्चरले 1/1 विकेट लिएका थिए।241 रनको लक्ष्य पछ्याएको आयोजक इङ्यांड्ले राम्रो सुरुवात गरेको थियो तर तेसलाइ नियन्त्रण गर्न सकेन।उसका लागि बेन स्टोक्सले सर्वाधिक 84 जोस बट्लरल्व 59 तथा ओपनर जोनि बारिस्टोवले 36 रनको योगदान गरेका थिए।न्युजिल्यान्डका लागी लकि फर्गुसनले 3 जिमि निशमले 3 तथा माट हेनरी र ट्रेन्ट बोल्टले 1/1 विकेट लिएको थिए।खेलको अन्तिम बलमा जित्नका लागि 2 रनको आवस्यकता भएकोमा 1 रन बनेपछि मार्क वुड रन आउट भएपछी गेम बराबरिमा टुंगिएको थियो। निर्धारित 50 ओभरमा दुबै टिमले समान 240 रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा पुगेको थियो।सुपर ओभर पहिले ब्याटिङ गरेको इङल्याण्डले 15 रनको लक्ष्य पस्केको थियो।जवाफी ब्याटिङ गरेको न्युजिल्यान्ड पनि समान 15 रन नै बनाउन पुग्यो।उसका लागि जिमि निशमले पहिलो 5 वलमा 13 रन बनाएपनी अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा मार्टिन गुप्टिललाइ जेसन रोयले 1 रन बनाएपछि रन आउट गराएका कारण खेल बराबरिमा टुंगियो।यसपछी सुपर ओभरमा पनि खेल बराबरी भएपछि खेलको निर्णय चौका छक्का बढी हान्ने टिमले जित्ने कृकेटको खेल नियम अनुसार आयोजक इङ्ल्याण्डले उपाधी माथी कब्जा जमाएको हो।

खेलको म्यान अफ द म्याछ इङ्ल्याण्डका बेन स्टोक्स घोषित भए भने यो वल्डकपको सर्वोत्कृष्ट खेलाडिको पुरस्कार न्युजिल्यान्डका कप्तान केन विलिएम्सनलाइ दिएको छ।यस्तै गरि सर्वाधिक रन बनाउने खेलाडीमा भारतका रोहित शर्मा शिर्ष स्थानमा रहे भने सर्वाधिक विकेट लिने खेलाडि अस्ट्रेलियाका मिचेल स्टार्क भएका छन। इन्ल्याण्ड विस्वकप आयोजकले जितेसगै पछिल्लो तीन विश्वकप आयोजक रास्ट्रले जितेको रेकर्ड कायम भएको छ।आगामी बिश्वकप कृकेट सन 2023 मा भारत हुने छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु