Motors
NiC Asia

गृहपृष्ठ आत्महत्याको बाटोमा सरकार

आत्महत्याको बाटोमा सरकार

देशमा नयाँ संविधान पश्चात् अप्रत्याशित रुपमा लगभग विपरीत ध्रुवमा पुगेका दुई संसदीय कम्युनिस्ट पार्टीहरुले पार्टी एकता गर्ने वाचासहित चुनावी गठबन्धन गरे।

 

देशमा भएको सबै समस्याको मुख्य जड अस्थिर सरकार भएको निश्कर्श निकाल्दै बहुमतको सरकार बनाइ 5 वर्षमा तीब्र आर्थिक विकास गर्दै समृद्धि र स्थायित्वको पथमा देशलाई अगाडि बढाउने वाचा सहितको चुनावी घोषणापत्र जारी गर्दै निर्वाचन अभियानमा होमिए। जसलाई बिश्वास गरेर नेपाली जनताले आफ्नो मताधिकार उपयोग गरि लगभग दुई मत दिएर विजयी गरेर पठाए।

तर अहिले सरकार गठन भएको डेढ वर्ष वितिसक्दा पनि आधा अचकल्टो पार्टी एकता गर्नुबाहेक नेकपाले अरु कुनै वाचा पूरा गर्न सकेको छैन।

 

नयाँ संविधान कार्यान्वयन गर्नका लागि बनाउनु पर्ने आवश्यक नियम कानुन अझै बनाइसकेको छैन।बनेका कानुनहरु एकपछि अर्को विवादमा फसिरहेको छ।तस्कर भ्रष्ट माफियाको सुविधाअनुसार कानुन बनाइदैछ।

प्रदेशलाई कमजोर पार्ने काम भइरहेछ।जनताको बलिदानिबाट प्राप्त संघीयता सिध्याउने परिवर्तनबाट एकपछि अर्को रुपमा पछाडि फर्कने चेस्टा सरकारले गरिरहेछ।सवै अधिकार आफुमा राखेका प्रधानमन्त्री व्यक्ति पिच्छेलाइ छुद्र जवाफ दिन व्यस्त छन।

 

मन्त्रीहरु जवाफदेही छैनन्।भ्रष्टाचारले सबै रेकर्ड तोडेको छ।बलात्कारका घट्ना बढिरहेछन।सरकारका मन्त्रीहरु बलात्कार रोक्न नसक्ने सामान्य घट्ना भन्दै आलोचना कमाइरहेछन।

सबैतिरबाट सरकारको व्यापक आलोचना भैरदा प्रधान  मन्त्री र संचारमन्त्रीको छुद्र मुख बाहेक अरुको मुख खुलेको छैन।आफ्नै पार्टी र नेताले सरकारको निर्णयको स्वामित्व लिन अनकनाइरहेका छन।अझ कतिपय त कडा आलोचना गर्न पछि परिरहेका छैनन्।

 

यसरी दुई तिहाइ बहुमतको सरकार चौतर्फी घेराबन्दिमा परेको छ।यहि समय सरकारका हर्ताकर्ता मुखिया आफै अस्वस्थ छन्।वर्तमान सरकार गलत बाटोमा हिडेको स्वप्नशिल यात्री झै अलपत्र असहाय अलमलमा परेको छ।

 

अलपत्र परेको मान्छेले आफ्नो कमजोरी औल्याउछ।गल्ती सच्याउने चेस्टा साथ भबिस्यको बारेमा सोच्छ।सबैसग सहयोग माग्छ।फेरि तेसरी गल्ती गर्ने साहस गर्दैन।

 

तर वर्तमान सरकार प्रेस सम्बन्धि विधेक होस या गुठी विधेक या पछिल्लो बनसम्बन्धी नियमावली होस झन बढी अहंकारि र शक्तिशाली तानाशाह बन्ने कोसिस दुई तिहाइको गणितको बलमा गर्न खोजिरहेछ।

 

नेपाली जनताको विकास र समृद्धिको युगौ देखिको सपनाको निर्मम हत्या गर्न सरकार कम्मर कसेर लागिरहेछ।

 

स्पष्ट रुपमा भन्दा यो सरकार राजनीतिक आर्थिक सामाजिक रुपमा नै आत्महत्याको बाटो रोजेर झुन्डिन तयार बनिरहेको छ।जुन प्रक्रिया आउदो निर्वाचनमा पुर्ण हुने पक्का प्राय छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु