Motors
NiC Asia

गृहपृष्ठ कोटेश्वरका व्यवसायीद्वारा रक्तदान

कोटेश्वरका व्यवसायीद्वारा रक्तदान

काटेश्वरका व्यवसायीहरुले रक्तदान गरेका छन् । कोटेश्वर व्यवसायी संघको आयोजनामा बुधबार ५८ जनाले रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बुधबार भएको मौसम बदलीका बिच व्यवसायीहरुको सत्रmिय सहभागिता भएको संघका अध्यक्ष सरोज थापाले जानकारी दिए ।

थापाले भने, ‘प्रचार–प्रसार राम्रै गरेका थियौं तर बुधबार बिहानै देखि भएको मौसम बदलीका बिच ५८ जनाले रक्तदान गर्नुभयो खुसी लागेको छ ।’

यो संघ कोटेश्वरमा सञ्चालित विभिन्न व्यापार व्यवसायमा संलग्न व्यक्तिहरुको साझा संस्था हो ।

यस संघको उपाध्यक्षमा विकास श्रेष्ठ, महासचिवमा गोरखबहादुर थापा, सचिवमा तिलप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन बस्नेत र सहकोषाध्यक्षमा द्रोणप्रसाद सेञ्चुरी निर्वा्चित भएका छन भने सदस्यहरुमा महेश्वर श्रेष्ठ, मानबहादुर साउद, भास्कर भट्टराई, किशोर पौड्याल, कमला न्यौपाने, सरोज थापा, धनेन्द्र बिष्ट, सम्मता गौतम, मिरा बिष्ट, पवित्रा प्रसाईं, नानु रायमाझी, हरि ढकाल, पूकाश ढुंगाना र दिवाकर पौड्याल रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु