Motors
NiC Asia

गृहपृष्ठ आलोचनाका नाममा प्रतिगमनमा फर्कने कुरा सह्य हुन्न:प्रम ओलि

आलोचनाका नाममा प्रतिगमनमा फर्कने कुरा सह्य हुन्न:प्रम ओलि

प्रधानमन्त्री द्वारा संसदलाई संवोधन

प्रधानमन्त्री केपि सर्मा ओलिले सरकारको आलोचनाको नाममा प्रतिगमनतिर फर्कने कुरा सरकारलाई सह्य नहुने जनाएका छन।आज प्रतिनिधि सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले सो कुरा वताएका हुन्।

 

‘अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफि्रएको देखिन्छ, यो बेमौसमको बाजा नबनाउँदा हुन्थ्यो’ सरकारको उदारताबाट केही तत्व हौसिएको भन्दै प्रधानमन्त्री ओलीले संसदमा भने, ‘सरकारले यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।

 

विगत केही दिनदेखी पुर्वराजा ग्यानेन्द्र शाह उच्च राजनीतिक भेटघाट तथा बिदेश भ्रमणमा सक्रिय रहेको तथा राजावादी कमल थापाले सार्वजनिक मन्चबाट राजतन्त्र फर्काउने कुरा निरन्तर गर्न थालेसगै सामाजिक संजालमा राजतन्त्र बारे पुनः बहस सुरु भएपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

 

संवोधनको क्रममा प्रधानमन्त्री ओलिले आफ्नो सरकारले निरन्तर जनपक्षीय काम गरेको र विगत वर्ष देखि 7 प्रतिशत माथिको आर्थिक वृद्धि मुलुकले हासिल गरेको तथ्यांक पनि संसदमा प्रस्तुत गरेका छन।

 

आफ्नो सरकार अर्को निर्वाचन सम्म रहने दावी गर्दै प्रधानमन्त्री ओलिले सरकार फेरिन लागेकोले कमजोर बन्दै गइरहेको भन्ने बजार हल्लालाइ निराधार रहेको बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु