Motors
NiC Asia

गृहपृष्ठ डिफेन्डिङ च्याम्पियन सिटि बराबरिमा रोकियो

डिफेन्डिङ च्याम्पियन सिटि बराबरिमा रोकियो

इङलिस पृमियरसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटि टोटनहम हटस्पर्स सग 2-2 को बराबरिमा रोकिएको छ।

गएराती सप्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा दुइपटक लिएको अग्रता जोगाउन नसक्दा सिटि बराबरिमा चित्त बुझाउन बाध्य भएको हो।

सिटिले खेलको 20 औं मिनेटमा स्टेर्लिङको गोलबाट सुरुवाती अग्रता लिएको थियो।जुन अग्रता 5 मिनेट पनि टिक्न सकेन।टोटेनहमका लागि 23 औं मिनेटमा गोल गर्दै इरिक लामेलाले बराबरिको अवस्थामा पुर्यायो।अर्जेन्टिनि स्टार अग्वेरोले 35 औं मिनेटमा गोल गर्दै सिटिलाइ फेरि अग्रता दिलाएपनी दोस्रो हाफमा मैदान छिरेका लुकास मौराले 56 औं मिनेटमा गोल गर्दै टोटेनहमलाइ 1 अंक दिलाउन सफल भएका हुन्।

गएराती सम्पन्न अन्य खेलहरुमा लिभरपुल बर्नामाउथ तथा आर्सनलले समान 2-1 गोल अन्तरले जित हासिल गरे भने वेस्ट ह्याम र ब्राइटनले बराबरिमा चित्त बुझाएका छन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु