Motors
NiC Asia

गृहपृष्ठ ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ हुँदै

‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ हुँदै

काठमाडौँ : यहि चैत्र २८, २९ र ३० गते काठमाडौँको भृकुटी मण्डपमा ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ तथा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ हुने भएको छ ।

करिब १९ देशबाट सहभागिता रहने कार्यक्रम बारे आज राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

नेपाल सरकारले आमसंचार विकासमा लिएको लक्ष्य पुरा गर्न यो एक्स्पोले निकै मद्घत पुग्नेमा आयोजक बिष्वस्त छन । एक्स्पोमा सुचना-संचार-प्रविधि सम्बन्धि कम्पनीहरु, निजि तथा सरकारी- गैरसरकारी संघ संस्था हरु तथा ति संघ-संस्था संग सम्बन्धित व्यक्तिहरु लगायत सहभागी हुने छन ।

एक्स्पोमा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ पनि हुने हुदा ४५ भन्दा बढी विज्ञहरु, सरोकारवालाहरू, मिडिया क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न विषयमा छलफल गर्ने छन् । आयोजकका अनुसार सम्मेलनमा देश तथा विदेशबाट ४५० भन्दा बढीको सहभागीता रहने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु